Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशको गरिबी दर घट्यो

बिहीबार, चैत ३०, २०७९

ढाका– कोभिड–१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बङ्गलादेशको गरिबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । 
   
सन् २०१६ को २४.३ प्रतिशतबाट गत बर्ष १८.७ प्रतिशतमा झरेको बङ्गलादेश तथ्याङ्क ब्यूरो (बिबिएस)को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बङ्गलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ ।

यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरिबी दर २४.३ प्रतिशत र चरम गरिबी दर १२.९ प्रतिशत रहेको देखाएको थियो । 

योजनामन्त्री एमए मन्नानले कोभिड–१९ महामारी र रुस–युक्रेन द्वन्द्वले बङ्गलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताका बाबजुद दक्षिण एशियाली मुलुकको गरिबी दरमा उल्लेखनीय गिरावट आएको बताए ।

यद्यपि, विज्ञहरूले यसअघि महामारीको समयमा कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेका गरिबी निवारणमा बङ्गलादेशको सफलताको ५० वर्षपछि पुगेको बताएका थिए ।

रुस–युक्रेन द्वन्द्वका बीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका थिए । 

कम्तीमा १६ करोड ५० लाख बङ्गलादेशी जनताको ठूलो हिस्साको आयमा कमी आएको र स्थानीय मुद्राको अवमूल्यनसमेत भएको र यसले निम्न तथा मध्यम आय भएका धेरै मानिसलाई गरिबीको रेखामुनि धकेलेको उनीहरूको विश्वास छ ।  
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०५:५४
प्रतिक्रिया दिनुहोस्