Nic Ad Nic Ad
Nic Ad Nic Ad

च्याम्पियन्स लिगको इटालियन डर्बीमा मिलानले नापोलीलाई हरायो

बिहीबार, चैत ३०, २०७९

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा ७ पटकको एसी मिलानले नापोलीलाई हराएको छ ।

गएराति भएको इटालियन भएको खेलमा मिलानले सिरी ए प्रतिद्वन्दी नापोलीलाई १–० ले हराएको हो ।
मिलानको जितमा ४० औं इस्माइल बेनेसरले निर्णायक गोल गरे ।

उनले खेलको राफायल लियोको पासमा गोल गरेका थिए ।

यस्तै खेलको ७४ औं मिनेटमा आन्द्रे फ्रान्क जाम्बोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा समेटिएको थियो ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा हुनेछ । आफ्नो मैदानमा हुने उक्त खेल नापोलीले उल्टाउनु पर्नेछ ।

गएराति नै भएको अर्को खेलमा साविक विजेता रियल म्याड्रिडलेसेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

गएराति घरेलु मैदानमा २ पटकको विजेता चेल्सीलाई २–० ले हराएसँगै सर्वाधिक १४ पटकको विजेता रियलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्