नेभिगेशन
समाज विविध

बिस्केट जात्रा मनाउन मध्यपुर थिमीमा ४ दिन बिदा

काठमाडौं–बिस्केट जात्राको अवसरमा मध्यपुर थिमी नगरपालिकामा ४ दिन सार्वजनिक बिदा दिइएको छ ।

विक्रम संवतअनुसारको नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्केट (बिस्काः) जात्रा परेकाले चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार चैत ३० गते बिहीबार र वैशाख ३ गते बिदा दिने निर्णय गरिएको हो । वैशाख १ गते नयाँ वर्षका अवसरमा संघीय सरकारले नै बिदा दिएको छ । वैशाख २ गते शनिबार परेको छ ।

मध्यपुर थिमीमा हरेक नयाँ वर्षमा चैत ३० मा बिस्केट जात्रा सुरु हुन्छ । यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता