Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ वर्षमा चिनियाँ पर्यटकलाई स्वागत

बिहीबार, चैत ३०, २०७९

काठमाडौं –नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे ।

बिहीबार १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।

पर्यटकहरुलाई नेपाली मौलिक पञ्चेबाजा बाजा बजाएर पनि स्वागत गरिएको छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्