लुम्बिनीमा प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास
कपिलवस्तु–कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको छ ।
ठेक्का लागेको १३ महिना पछि बुधवार अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले पूजापाठ गरी भवन निर्माणको शिलान्यास गरेका हुन् ।
शिलान्या पछि मन्त्री पन्थीले हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई १ हजार ५ सय शैयाको अस्पतालको रूपमा विकास गरिने बताए । यस्तै कपिलवस्तु अस्पताललाई समेत सय शैयाको बनाउने तयारी गरिएको उनले बताए ।
अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभि बुटवलले पाएको छ । निर्माण हुने अस्पताल ५० शैयाको हुनेछ । भवन निर्माणको कुल लागत २० करोड ९६ लाख तीन हजार ३ सय २६ रुपियाँ रहेको छ । २०८१ फागुनसम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । अस्पतालका लागि नौ बिगाहा जमिन सरकारले प्रदान गरेको हो ।