Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लु रंगमा

बिहीबार, चैत ३०, २०७९

काठमाडौं–टिभिएस मोटर्सले टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले ‘नेपालमा स्मार्ट स्कूटर आरटी–एफआईको समावेशसँग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको बताए । 

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ ।

यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ ।

टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ अअ,, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ ।

मरीन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । यो नेपालभर टीभीएस मोटर कम्पनीको आधिकारिक डिलरशिपहरूमा उपलब्ध छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्