Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्ष अभिनेताको अवार्ड पाएपछि माग्ने बुढा भन्छन्– म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन

बिहीबार, चैत ३०, २०७९

काठमाडौँ– अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।

बुधवार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताए ।

आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै उनले आफूमा घमण्ड आउन नदिने प्रतिवद्धता जनाए । कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढिरहे पनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने उनको भनाइ छ ।

‘यो मैले वर्ष अभिनेता भनेर अवार्ड पाएको छु, त्यसका लागि अत्यन्त खुशी लागेको छ । दर्शकहरुमा यो म समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशिर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ । म सानै कलाकार हो, र म सधैँ सानै भएर बाच्न चाहन्छु, तपाईहरुको माया सधैँ रहिरहोस्,’ उनले भने ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए । २०७९ मा १० वटा चलचित्रहरुले नाफा कमाउनु खुशीको कुरा रहेको उनको भनाइ छ ।

‘२०७९ सालमा हाम्रा चलचित्रहरुको समीक्षा गर्दा वास्तवमा यो वर्ष नेपाली चलचित्रहरुको लागि सुखद् वर्ष हो, किनभने करिव १० वटा चलचित्रले मुनाफा कमाएका छन् । प्रतिशतको हिसावमा पनि २० प्रतिशत जति ठूला पर्दाका चलचित्रले लगानी उठाएका छन् । आउने २०८० साल पनि यसभन्दा सफल हुनेछ,’ अध्यक्ष खड्काले भने ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार