Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

बिहीबार, चैत ३०, २०७९

काठमाडौं –विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कृषि विकास बैक लि.बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि विकास बैक लि.को तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरे ।

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. तथा देश भरी तीनसय वटा भन्दाबढि शाखा कार्यालय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै  क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवाहरु समेत प्रदान गर्दै आएको कृषि विकास बैक लि बीचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् । यसका साथै कृषि बिकास बैक लि.सँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. ले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्