Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल

बिहीबार, चैत ३०, २०७९

काठमाडौं –उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाबाट नयाँ अध्यक्षमा चन्द्रप्रसाद ढकाल चुनिएका छन् । आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकाल २०औँ अध्यक्ष बनेका छन् ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । उक्त विधानको व्यपस्था अनुसार ढकाल बिहीबारबाट महासंघको अध्यक्ष भएका हुन् ।

बाग्लुङमा जन्मिएका ढकालले २०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गरेका थिए । जागिर र व्यवसाय सँगसँगै अगाडी बढाएका ढकाल २०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छोडेर पूर्णरुपमा व्यवसायमा होमिए । 

हाल ढकाल र उनको समुहको आईएमई ग्रुप ग्लोवल आईएमई बैंक, इलाईट क्यापिटल लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, इन्टरनेसनल मनी एक्सप्रेस, आईएमई अक्सिजन प्राईभेट लिमिटेडदेखि रेमिटेन्स, बैंकिङ, सूचना प्रविधि, पूर्वाधार, अटोमोबाइल, पर्यटन लगायतका कम्पनीहरुमा लगानी छ ।

ढकालले महासंघको अघिल्लो निर्वाचनमा किशोर प्रधान (श्रेष्ठ) लाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदसमेत सुरक्षित गर्न सफल भएका थिए ।

महासंघमा हालसम्मका अध्यक्षहरू

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको सबैभन्दा ठुलो संगठन हो । २०२२ सालमा काठमाडौंमा राजा महेन्द्रले उद्घाटन गरेर स्थापना भएको यो संस्थामा  हालसम्म १९जनाले अध्यक्षको कार्यभार सम्हालिसकेका छन् ।

१.लोकनाथ जोशी (२०२२–२०२४)

२.जुद्धबहादुर श्रेष्ठ (२०२४–२०२८)

३.पशुपति गिरी (२०२८–२०३२)

४.हरिप्रसाद गिरी (२०३२–२०३५)

५.इन्द्रभक्त श्रेष्ठ (२०३५–२०३८)

यो बीचमा महासंघमा तिब्र विबाद हुँदा नेतृत्वमा कोहीपनि आउन सकेनन् ।

६.महेशलाल प्रधान (२०४४–२०५०)

७.विनोद कुमार चौधरी (२०५०–२०५२)

८.पद्य ज्योति (२०५२–२०५४)

९.आनन्दराज मुल्मी (२०५४–२०५६)

१०.प्रदीपकुमार श्रेष्ठ (२०५६–२०५८)

११.रविभक्त श्रेष्ठ (२०५८–२०६०)

१२.विनोदबहादुर श्रेष्ठ  (२०६०–६२)

१३.चण्डिराज ढकाल (२०६२–६४)

१४.कुशकुमार जोशी (२०६४–६७)

१५.सुरज वैद्य (२०६७–७०)

१६.प्रदीपजंग पाण्डे (२०७०–७१)

१७.पशुपति मुरारका (२०७१–७३)

१८.भवाणी राणा (२०७३–७६

१९.शेखर गोल्छा (२०७६–७९

२०.चन्द्रप्रसाद ढकाल (२०७९ –
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्