Nic Ad Nic Ad
Nic Ad Nic Ad

साविक विजेता गुजरातको तेस्रो जित, पञ्जाबको दोस्रो हार

शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ– १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता गुजरात टाइटन्सले तेस्रो जित निकालेको छ ।

पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै गुजरातले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो ।
गएराति मोहालीस्थित बिन्द्रा स्टेडियममा घरेलु टोली पञ्जाबले दिएको १५४ रनको लक्ष्य गुजरातले १ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित ६७ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर ऋद्धिमान शाह ३० रनमा आउट भए । 

यस्तै, साई सुदर्शनले १९ रन बनाएर आउट हुँदा डेविड मिलर १७ रनमा अविजित रहे ।

यसैगरी, कप्तान हार्दिक पाण्ड्याले ८ तथा राहुल ताबेतियाले अविजित ५ रन जोडेपछि गुजरातले लक्ष्य भेट्टायो । 

पञ्जाबका लागि साम करन, अर्शदीपसिंह, हरप्रित ब्रार र कागिसो रबाडाले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । 

पञ्जाबका म्याथ्यू शर्टले २४ बलमा सर्वाधि ३६ रन बनाएका थिए ।

गुजरातका लागि मोहित शर्माले २ तथा मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान १÷१ विकेट लिए ।

गुजरातले ४ खेल खेल्दा ३ मा जित र १ मा हार ब्यहोरेको छ । १० टोली सम्मिलित प्रतियोगितामा उ ६ अंकसहित तेस्रो स्थानमा छ । 

पञ्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौँ स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्