नेभिगेशन
समाज विविध

शिक्षण अस्पतालमा कोभिड वार्ड पुनः सञ्चालन

काठमाडौं –कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालले पुनः कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । 

अस्पताल भर्ना भएका बिरामीहरूमा कोभिड संक्रमण देखिन थालेपछि बिहीबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमले बताए । 

कोरोना संक्रमणका तीनवटा लहरमा सञ्चालन गरिएका वार्डहरू संक्रमितको संख्या घटेसँगै हटाइएको थियो । अहिले पुनः सात बेडसहित वार्ड सञ्चालनमा ल्याएको हो । 

बिहीबारसम्म अस्पतालमा आईसीयुमा तीनजनासहित सातजना कोरोना संक्रमित भर्ना भएर उपचररत छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ठूला अस्पतालहरूलाई तयारी अवस्थामा रहन पत्राचार गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध