Nic Ad Nic Ad
Nic Ad Nic Ad

२० प्रतिशत डाउन पेमेन्टमा अब वीवाइडी विद्युतीय गाडि

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं –साइमेक्स इंक प्रालि र एनएमबी बैंकबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । साइमेक्स इंक प्रालि वीवाइडी अटो इन्डष्ट्रिजको नेपालका लागि आधिकारिक विक्रेता हो ।

सम्झौतासँगै वीवाइडीका विद्युतीय सवारी खरिदमा एनएमबी बैंकले सहज रुपमा सुलभ व्याजदरमा कर्जा उपलब्ध गराउने छ । ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर सवारी खरिद गर्न सक्ने छन् । अर्थात् एनएमबी बैंकले ८० प्रतिशतसम्म कर्जा दिनेछ ।

साइमेक्स इंक प्रालिले अहिले वीवाइडीको एटो थी र ई सिक्स विक्रि गर्दै आएको छ । विद्युतीय सवारीमा पहुँच पु¥याउने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको बताइएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्