नेभिगेशन
सुरक्षा–अपराध

माओवादी नेता वर्षमान पुनकी आमामाथि बालुवाटारमा गोली प्रहार

 

 

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमामाथि बालुवाटारमा गोली प्रहार भएको छ । गएराति ७० वर्षकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको हो ।

प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली प्रहार गरेको नेपाल प्रहरीले जनाएको छ । 

गएराति साढे ९ बजे वर्षमानको दाइको घरमा गोली चल्दा आमा घाइते भएकी हुन् । खुट्टामा गाेली लागेकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ