Nic Ad Nic Ad
Nic Ad Nic Ad

को हुन् वर्षमानकी आमामाथि गोली चलाउने व्यक्ति ?

शनिबार, वैशाख २, २०८०

काठमाडौँ–  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी ७० वर्षीया वृद्ध आमा तीर्थमाली पुनमाथि गोली चलाउनले व्यक्ति प्रकाश पुन उनीहरूकै नातेदार रहेको खुलेको छ । प्रकाश नाताले तीर्थमालीका नाति पर्छन् । 

साथै, प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिएका प्रहरी भएको पनि खुलेको छ । उनी कामु प्रधानन्यायाधीशको गाडीमा बस्ने पिएसओ रहेको वर्षमाननिकट स्रोतले जनाएको छ ।

प्रकाश वर्षमानकै गृहजिल्ला रोल्पाका बासिन्दा पनि हुन् । अझ उनी छिमेकी पनि रहेको बताइएको छ । 

वर्षमानकी आमामाथि गएराति बालुवाटारमा गोली प्रहार भएको थियो । 

गएराति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा आमा घाइते भएकी हुन् । खुट्टामा गोली लागेकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोली चलाउने प्रकाशलाई नियन्त्रणमा लिएर सुधपुछ गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्