Nic Ad Nic Ad
Nic Ad Nic Ad

हजुरआमा भेट्न आएका थिए गोली हानेर गए !

शनिबार, वैशाख २, २०८०

काठमाडौँ– नेपाल प्रहरीका सहायक हवल्दार रहेका प्रकाश पुन शुक्रबार नाताले हजरआमा पर्ने नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई भेट्न आएका थिए । तर, उनले गोली चलाएपछि घटना रहस्यमय बनेको छ ।

७० वर्षीया तीर्थमाली वर्षमानका दाजुको बालुवाटारस्थित घरमा बस्ने गर्थिन् । सोही निवासमा उनलाई नाति पर्ने प्रकाशले गएराति गोली प्रहार गरेका हुन् । गोली हानेलगत्तै प्रकाश त्यहाँबाट भागेको स्रोतले जनाएको छ । 

प्रकाश कामु प्रधानन्यायाधीश करिकृष्ण कार्कीको सुरक्षामा खटिएका पिएसओ हुन् । उनी कामु प्रधानन्यायाधीशको सवारीमा खट्ने गर्थे ।

प्रकाश वर्षमानकै गृहजिल्ला रोल्पाका बासिन्दा रहेको वर्षमाननिकट स्रोतले जनाएको छ । अझ उनी छिमेकी पनि रहेको बताइएको छ । 

खुट्टामा गोली लागेकी तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोली चलाउने प्रकाशलाई नियन्त्रणमा लिएर सुधपुछ गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्