Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोकदोहोरी गीत ‘लाहुरे ठाडो भाका’ (भिडिओसहित)

शनिबार, वैशाख २, २०८०

काठमाडौं –गायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत ‘लाहुरेः ठाडो भाका’ सार्वजनिक भएको छ ।

नयाँ वर्ष २०८० वैशाख १ गते सार्वजनिक भएको गीतमा शब्द तथा संगीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी ताराश्रीष मगरले गर्बुजालाई गायनमा साथ दिएकी छन् । 

‘लाहुरेको मनको कुरा बोलेको छ यो गीतले, गण्डकी अञ्चलमा रहेका गुरुङ मगरहरू लाहुरे जाँदा गाइने गीत हो, लाहुरे’, गीतको सन्दर्भ जोड्दै भने उनले । 

लोकगायक गर्बुजाले सालैजो सोरठी, यानिमाया ठाडो भाका कौरा झ्याउरे ख्यालीजस्ता लोकप्रिय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने प्रयास गरेका छन् । गायक गर्बुजाले पुराना गीतलाई आगामी दिनमा भिडियोमार्फत दर्शकमाझ ल्याउँदै जाने बताए ।

कालीगण्डकीको सेरोफेरोमा मौलिकपन झल्किने गायक गर्बुजा सालैजो, ठाडो भाका, यानीमाया, कौराजस्ता गीत गाउँदै आएका छन् । तीस वर्षदेखि लोकदोहोरी गीतमा आफ्नो स्वर दिदै आएका गायक गर्बुजाको ‘लाहुरे ठाडो भाका’ले लाहुरेको कथा भन्छ ।

गीतको भिडियोमा पुराना अभिनेता राहुल केसी र अभिनेत्री केकी अधिकारी देखिन्छन् ।

राजु केसीको निर्देशनमा तयार भएको गीतलाइ रक्षा बानियाँ र आकाश केसीले निर्माण गरेको हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको लाहुरेमा केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।


 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्