Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकाशको बयान : जानी–जानी गोली चलाएको होइन

शनिबार, वैशाख २, २०८०

काठमाडौँ– नेपाल प्रहरीका हवल्दार प्रकाश पुन आफूले जानी–जानी नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई गोली नचलाएको बयान लिएका छन् ।

उनले आज प्रहरीसमक्ष यस्तो बयान दिएका हुन् ।

प्रहरी स्रोतका अनुसार प्रकाशले अन्जानवश गोली पड्केको बताएका छन् । 

प्रकाशले आफू नयाँ वर्ष मनाउन र नाताले हजुरआमा पर्ने हजुरआमा तीर्थमालीलाई भेट्न बालुवाटास्थित निवासमा गएको र सो बेला मदिरासमेत सेवन गरेकाले झुक्किएर फायरिङ हुन पुगेको बताएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाश कामु प्रधानन्यायाधीश करिकृष्ण कार्कीको सुरक्षामा खटिएका पिएसओ हुन् । उनी कामु प्रधानन्यायाधीशको सवारीमा खट्ने गर्थे ।

७० वर्षीया तीर्थमाली वर्षमानका दाजुको बालुवाटारस्थित घरमा बस्ने गर्थिन् । सोही निवासमा उनलाई नाति पर्ने प्रकाश भेट्न आएका थिए । सोही क्रममा राति करिब साढे ९ बजे गोली चलेको थियो ।

खुट्टामा गोली लागेकी तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाश वर्षमानकै गृहजिल्ला रोल्पाका बासिन्दा रहेको जनाइएको छ । अझ उनी छिमेकी पनि रहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्