सीके राउतको दाबी-मधेश प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री
काठमाडौं –जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि आफ्नो पार्टीबाट मधेश प्रदेशमा मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । यस विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सहमति भएको पनि उनको दाबी छ ।
‘वैशाख १० मा हुने उपनिर्वाचन पछि मधेश प्रदेशका मुख्यमन्त्रीको आफैँ बहिर्गमन हुँदैछ’, राउतले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार रहने हो भने उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दै छ, नभए कांग्रेसको ।’
‘प्रधानमन्त्री आफैँ कति दिन टिक्ने ठेगान छैन’, अध्यक्ष राउतले भनेका छन्, ‘यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन ।’
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० १४:४२
प्रतिक्रिया दिनुहोस्