Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने शीर्ष नेताबीच सहमति

शनिबार, वैशाख २, २०८०

काठमाडौं– सत्ता गठबन्धनका शीर्ष तीन नेताहरूले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचन केन्द्रित छलफल गरेका हुन् ।

तनहुँ, चितवन र बारामा गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा ३ दलका शीर्ष नेताबीभ छलफल भएको प्रधानमन्त्री प्रचण्डका सचिवालय सदस्य मनहरी तिमल्सिनाले जानकारी दिए ।

वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेसबाट तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्