Nic Ad Nic Ad
Nic Ad Nic Ad

यमन युद्धविराम : साउदी कैदीसहित सयौँ रिहा

शनिबार, वैशाख २, २०८०

साना– साउदी अरब नेतृत्वको सैन्य गठबन्धन र यमनको इरान समर्थित हुथी विद्रोहीबीच भएको कैदी आदानप्रदान सम्झौता अन्तर्गत साउदीसहित सयौं युद्धबन्दीलाई शनिबार रिहा गरिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

साउदी अरब र हुथीको नियन्त्रणमा रहेको इलाकालाई जोड्ने यमनी उडानहरूमार्फत् करिब ९०० कैदीहरूको स्थानान्तरण र रिहाई भएको समितिले जनाएको छ । युद्धबन्दी आदानप्रदानले यमनको आठ वर्ष पुरानो युद्धको अन्त्यको आशा जगाएको थियो ।

आईसीआरसीका सार्वजनिक मामिला तथा सञ्चार सल्लाहकार जेसिका मौसानका अनुसार शनिबारको पहिलो उडान दक्षिणी साउदी शहर आभाबाट यमनको हुथीनियन्त्रित राजधानी सानाका लागि उडेको थियो ।

त्यसपछि सानाबाट रियादका लागि उडेको उडानमा १६ जना साउदी र तीन जना सुडानी नागरिक रहेको २० जना बन्दीहरू रिहा भएको राज्य नियन्त्रित अल–एखबारिया च्यानलले जनाएको छ ।

सुडान साउदी नेतृत्वको गठबन्धनको हिस्सा हो र उसले युद्धका लागि स्थल सेना उपलब्ध गराएको छ ।

साना–रियाद उडानमा यमनको राष्ट्रपति नेतृत्व परिषद्का सदस्य तथा पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहका भतिजा तारेक सालेहका भाइ र छोरा पनि रहेका छन् । 

शनिबार भएका अन्य उडानमा ११७ हुथीसहित दोस्रो आभा–साना र सरकार नियन्त्रित यमनको मोखा शहरबाट १०० हुथीसहित थप तीन वटा हुथीलाई सानासम्म पु¥याइएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्