Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसका कार्यकर्ता एक ढिक्का हुनुपर्छ : डा कोइराला

शनिबार, वैशाख २, २०८०

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान अवस्थामा नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन् ।

कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एक ढिक्का भएको विचार राखे ।

नेता डा कोइरालाले नेकांका कार्यताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे । उनले वर्तमान उपनिर्वाचनमा नेकांका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्तले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे ।

कांग्रेसका पूर्व उपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि नकांको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । उनले लामो इतिहास बाँकेको कांग्रेस समक्ष रहेको विभिन्न प्रकारका चुनौती समाधान लागि वर्तमान अवस्थामा युवा पिँढीको साथमा सहयोग आवश्यक रहेको विचार व्यक्त गरे ।

    

प्रदेशसभा सदस्यद्वय गयानन्द मण्डल र अमृत अर्यालले जनतालाई विकास र समृद्धिको अनुभूति हुनेगरी कार्य गर्न दलका नेता एवं कार्यकर्ता लाग्नुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्