नेभिगेशन
समाज विविध

हर्क साम्पाङको चेतावनीमा बालेनले जनाए समर्थन

साम्पाङले भनेका छन्– धरानमा सांसद्हरूलाई निषेध गरिनेछ

काठमाडौं –धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोसी नदीको पानी धरान ल्याउने परियोजनामा बजेट नपरे धरानमा सांसद्हरूलाई निषेध गर्ने दिएको चेतावनीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले समर्थन जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ’ लेखेक छन् । उनको त्यस अभिव्यक्तिलाई प्रमुख शाहले ‘पूर्ण समर्थन, गर्ने नै त्यहि हो’ भन्दै संक्षिप्त टिप्पणी गरेका छन् ।

राईले भनेका छन्, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ।  तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहितको  ।  ख्याल नठान्नु होला ।  यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।’

harka balen status1681626638.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध