किन लेखिन समीक्षा अधिकारीले भावुक स्टाटस ?
काठमाडौं–गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको भन्दै पीडा व्यक्त गरेकी छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै समीक्षाले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी हुन् ।
‘कुनै पनि घटना कथावस्तुको वास्तबिकता अर्कै हुन्छ तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन र बुझ्छन् । अनि कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ’, उनले स्टाटसमा भनेकि हुन् ।
उनले आफूले मन भित्रको बह पोख्न खोज्दा हाँसोको पात्र बनाइएको पनि बताएकी छिन् ।
‘अगाडी बढ्न खोज्छु मेरा पाइला पछाडि तानिन्छन । मन भित्रको बह सुनाउन खोज्छु, हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरूलाई कहिँ कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईको जस्तै,’ उनले भनेकी छिन्,‘मेरो पनि मन छ तपाईको जस्तै आँसु झर्दा दुख्छ, पोल्छ । लाग्छ, अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो । म गलत छैन, म कुनै चरित्रहीन छोरी होइन। मेरो पनि परिवार छ, तपाईको जस्तै । पर्दामा देखिएका हरेक कुरा सहि हुदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’