‘जारी’ टिमले दिए प्रहरीमा उजुरी
काठमाडौं –बैशाख १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जारी’ पाइरेसीको मारमा परेको छ ।
सामाजिक सञ्जालबाट सिनेमा पाइरेसी भइरहेको भन्दै निर्माता मणिराम पोखरेलले प्रहरी उजुरी दिएका हुन् ।
आइतबार उनले पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् ।
अहिले चलचित्र जारीको केहि दुश्यहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हालिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १३:३५
प्रतिक्रिया दिनुहोस्