Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ पार्टी पनि पुरानो जस्तै भए : चित्रबहादुर केसी

आइतबार, वैशाख ३, २०८०

काठमाडौं –राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ आएका पार्टीहरु पनि खास्टोले ढोगेको बिरालो जस्तो भएको टिप्पणी गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै खास्टाले ढोगेको बिरालो छिट्टै म्याउ गरेको टिप्पणी गरेका छन् । 

‘पुराना पार्टीहरूले नै गल्ती, कमजोरी गरिएका थिए । आफ्ना स्वार्थअनुसार नियम, कानुन बनाउँथे । नयाँ आएका पार्टीहरूले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मख्ख परेर हेरिरहेका थिए । खास्टाले ढोगेको बिरालो छिट्टै म्याउ ग¥यो । यस्ता प्रवृत्तिलाई छोड्नु हुँदैन,’ उनले भने । 

अध्यक्ष केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलई ठेक्का दिनु आपत्ति जनाए ।

‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलई ठेक्का दिनु आपत्ति जनक छ,’ उनले भने, ‘देशको विधि विधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन् । जुनसुकै अवारणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी सम्परीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ ।’
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्