Nic Ad Nic Ad
Nic Ad Nic Ad

ठाकुर गैरेले प्रधानमन्त्रीलाई सोधे–कसका कारणले व्यवस्था उल्टिन खोजेको हो ?

आइतबार, वैशाख ३, २०८०

काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले प्रधानमन्त्रीले अहिलेको व्यवस्था उल्टिन खोजेको भनाइप्रति आपत्ति जनाएका हुन् । 

उनले भने– ‘यो सार्वभौम सदन चलिरहेको बेलामा यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा प्रधानमन्त्री आउनुपर्‍यो, सदनलाई जानकारी गराउनुपर्यो । सदन सूचित हुनुपर्छ, कसले यो व्यवस्था उल्टाउन खोजिरहेको छ ? के कारणले संकट पैदा भएको हो ? ती सबै चुनौतीहरुलाई सामना गर्न संसद तयार हुनुपर्छ । प्रधानमन्त्रीले त्यो जानकारी सदनमा गराउनुपर्छ ।’ 

सांसद गैरेले अहिलेको व्यवस्था कसले उल्ट्याउन खोज्यो? कसका कारण संकट प्रदा गर्न खोज्यो सबै विषयको जानकारी सदनलाई गराउन आग्रह गरे । 

‘कसले यो व्यवस्था उल्ट्याउन खोजेको छ? को कारणले संकट पैदा हुन खोजेको हो? ती चुनौतीहरुलई सामना गर्न संसद तयार हुनुपर्छ । त्यो जानकारी प्रधानमन्त्रीले सदनमा गर्नुपर्छ । ध्यानाकर्षित गर्न चाहन्छु,’ उनले भने ।  

प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको दिन शुभकामना दिने क्रममा पार्टी कार्यालयमा उनले अहिलेको राजनीतिक व्यवस्था संकटमा परेको बताएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्