Nic Ad Nic Ad
Nic Ad Nic Ad

आठौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसका साउद र एसका चपाईले लिए शपथ

आइतबार, वैशाख ३, २०८०

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका एनपी साउदलाई नियुक्त गरेका छन् । 

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई परराष्ट्र राज्यमन्त्री नियुक्त भएकी छन् । 

चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए ।

प्रधानमन्त्री प्रचण्डले यसअघि चैत १७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ । 

nanda1681639892.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्