काभा महिला भलिबल : बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए
काठमाडौं–सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमबाट पाँच खेलाडी बाहिरिएका छन् ।
प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका २३ मध्ये पाँचलाई बाहिर राख्दै प्रशिक्षक यान ब्रान्ड्टले १८ खेलाडीमा झारेका हुन् । प्रतियोगिता आउँदो जेठ ६ देखि १५ गतेसम्म नेपालमा सञ्चालन हुने तालिका छ ।
बन्द प्रशिक्षणमा रहेका सुनीता राई, सुमित्रा घिमिरे, सुनीता खड्का, आरती सुवेदी र सलिना बुढामगर बाहिरिएका हुन् ।
नेपाली टिम
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता, संगम महतो, कविता भट्ट, सफिया पुन, कामना विष्ट, पुनम चन्द, पूजा थारु, रिमा कुँवर, अरुणा शाही, प्रगति नाथ, कृपा अधिकारी, सलिना श्रेष्ठ, सरस्वती जैसी, शन्तिकाला तामाङ र जानकी भण्डारी ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १६:४५
प्रतिक्रिया दिनुहोस्