Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

आइतबार, वैशाख ३, २०८०

काठमाडौं–आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ ।’

आगामी वैशाख १० गते बारा–२ , तनहुँ–१ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ ।

1-3_सेनपरिचालन1681647298.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्