नेभिगेशन
समाज विविध

रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक ‘गम्भीर’ घाइते

घटनाबारे अनुसन्धान हुँदै

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक गम्भीर घाइते भएका छन् ।

भरतपुर- ११ स्थित लामिछानेको घरबाट विहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ मा घर भएका शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।

उनी घरको तेस्रो तलाबाट खसेका हुन् । 

थापाको खुट्टामा र टाउको चोट लागेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता