प्रबन्ध निर्देशक दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित
काठमाडौँ- केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् ।
निर्देशक दुगडलाई रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन् ।
मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उद्यागी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको जनाएको छ ।
उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ११:४६
प्रतिक्रिया दिनुहोस्