भोलिदेखि एसियन प्रिमियर कप क्रिकेट सुरु
काठमाडौँ– नेपालमा मंगलबारबाट एसीसी पुरुष प्रिमियर कप क्रिकेट सुरु हुँदै छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । नेपालको समूह चरणका तीन खेल टियु मैदानमा हुँदा एक खेल मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ ।
प्रतियोगीता अघि सोमबार काठमाडौंमा भएको प्रीम्याच कम्फ्रेन्समा सवै टीमका कप्तानहरुले उत्साहित भएर खेलको तयारी गरेको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले सवै खेलाडीहरुले राम्रो तयारी गरेको भन्दै राम्रो नजिता आउने बताए ।
त्यस्तै, अन्य देशका कप्तानहरुले पनि प्रतियोगीतामा राम्रो नजिता हासिल गर्ने दावी गरेका छन् । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । नेपालले बैशाख ५ मा मलेसियाविरुद्ध टियु मैदानमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा बैशाख ८ मा ओमानविरुद्ध टियु मैदानमा नै खेल्ने नेपालले तेस्रो खेल भने मुलपानी मैदानमा बैशाख ११ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख १४ मा कुवेतविरुद्ध टियु मैदानमा खेल्नेछ । समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै, शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ । एसिया इमर्जिङ कप आगामी जुलाईमा हुनेछ ।