नेभिगेशन
विश्व

श्रीलङ्काली नौसेनाद्वारा १७९ किलो हेरोइन बरामद

कोलम्बो– श्रीलङ्काको नौसेनाले सोमबार एक सय ७९ किलोग्राम हेरोइन बरामद गरेको छ । साथै र सो कारोबारमा  संलग्न ६ जनालाई अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको छ ।

नौसेनाले शनिबार राति श्रीलङ्काको दक्षिणी तटमा रहेको अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको नौसेनाका प्रवक्ता गायन विक्रमसूरियाले बताएका छन् ।

हेरोइनको अनुमानित मूल्य १०.९ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ । नौसेना, प्रहरी र गुप्तचर निकायको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन