Nic Ad Nic Ad
Nic Ad Nic Ad

थाइल्यान्डको एक रात्रिकालीन क्लबमा गोली चल्यो, ६ जना घाइते

मंगलबार, वैशाख ५, २०८०

बैंकक– थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा ६ जना घाइते भएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।

महानगरीय प्रहरी ब्युरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका अनुसार किशोरीहरूले आपसमा झगडा गरेको र बन्दुक चलाउँदा  सो घटना भएको जानकारी अधिकारीहरूलाई दिइएको थियो।

पेस्तोलसहित दुईजना संदिग्धलाई सोमबार बिहान घटनास्थलबाटै पक्राउ गरिएको शाक्यले बताए ।

घाइते सबै ६ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको शाक्यले जानकारी दिँदै घाइते सबैलाई गोली लागेको बताए । प्रहरीले अहिले झगडामा संलग्नको बारेमा अनुसन्धान गरिरहेको र आयोजक र नाइटक्लब सञ्चालकलाई सोधपुछका लागि बोलाएको उनले जनाकारी दिएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्