Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल, प्लेइङ ११ यस्तो छ 

मंगलबार, वैशाख ५, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली नेपालले पहिले फिल्डिङ गर्नेछ ।

मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल अनुभवी फास्ट बलर करण केसीलाई बेन्चमा राख्ने भएको छ ।

यस्तो छ नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।

नेपाल र मलेसियाबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

एसिसी प्रिमियर कप एसिया कप छनोटका लागि महत्वपूर्ण खुड्किलो हो । यसर्थ, घरेलु टोली नेपाल आज मलेसियाविरुद्ध उत्रँदा जितको छवि कायमै राख्ने लक्ष्यमा हुनेछ । यो प्रतियोगिताको विजेता टोलीले भारत, पाकिस्तानजस्ता ठूला टोलीसँग एसिया कपमा खेल्न पाउँछ । यसकारण यो प्रतियोगिता जित्नेबाहेक नेपालको अन्य लक्ष्य छैन ।

उद्घाटन खेलमै सुखद नतिजा निकाल्ने नेपालको तयारीमा छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल मलेसियामाथि सधैँ हाबी छ । यसर्थ, आज पनि नेपाल सदाबहार जितको छवि कायम राख्ने लक्ष्यमा छ । नेपालका लागि मलेसिया तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी रहेको विश्लेषण गरिएको छ ।

नेपाल र मलेसियाबीच यसअघि पाँचवटा अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले सबै खेल जितेको छ । 

खेलअघिको पत्रकार सम्मेलनमा सोमबार कप्तान रोहित पौडेलले नेपालको लक्ष्य प्रिमियर कप जित्दै एसिया कपमा छनोट हुनु रहेको बताए ।

मंगलबार नै मुलपानी मैदानमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । 

यस्तो छ नेपाली टोली  :

रोहित पौडेन (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्