मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य
काठमाडौँ– जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई २३६ रनको मध्यम लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
मलेसियाका लागि कप्तान अहमद फैजले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७५ रन बनाए । उनले ९५ बलको सामना गरेका थिए ।
गुल्सन झाले ५.५ ओभरमै सुरुवाती सफलता दिलाए पनि नेपालले दोस्रो विकेट झार्न ३३.२ ओभरसम्म कुर्नुपरेको थियो । सन्दीपले कप्तान अहमदलाई आउट गर्दै विकेटको खडेरी तोडेका थिए । त्यसपछि नेपालले लगातार विकेट लिएको थियो ।सो क्रममा सोमपाल कामीले ३ र ललित राजबंशीले २ विकेट लिएका थिए ।
अन्तिम ओभरमा सन्दीपले दुई विकेट लिएपछि मलेसिया २३५ रनमा समेटिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १२:३७
प्रतिक्रिया दिनुहोस्