नेकपा एसको संगठन सुदृढीकरण अभियानको अवधि थप
काठमाडौं–नेकपा (एकीकृत समाजवादी)को संगठन सुदृढीकरण विशेष अभियानको अवधि दुई महिना थप गर्ने निर्णय गरिएको छ ।
मंगलबार पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकबाट उक्त अभियानको म्याद आउँदो जेठ मसान्तसम्म रहने गरी दुई महिना थपिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी संगठनले सोहीअनुसार कार्ययोजना बनाई अघि बढ्ने उनले बताए ।
बैठकमा यही वैशाख ९ र १० गते मनाइने नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको तयारीका विषयमा पनि छलफल भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १३:४६
प्रतिक्रिया दिनुहोस्