नेभिगेशन
समाचार

राजेन्द्र लिङदेनले भने–मिटरब्याजी पीडितको समस्या समाधान नभए संघर्ष गछौं

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले मिटरब्याजी पीडितको समस्या समाधान नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । उनले मिटरब्याजी पीडितमाथि सरकारी पक्षबाट भएको आक्रमणको निन्दा गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडित र हरवाचरवाको माग पूरा नगरे पार्टी सडक संघर्षमा उत्रने घोषणा गरे ।

‘मिटरब्याज पीडितहरू, खासगरी तराईमा हरवाचरवाको पुनःस्थापना माग गरिरहेको छ, सरकारले सम्बोधन गरोस् । अन्यथा, एउटा जिम्मेवार पार्टीको हैसियतले राष्ट्रिय प्रजातन्त्र पार्टी सडक संघर्षमासम्म जाने घोषणा गदर्छु,’ लिङदेनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार