Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईएमईको ‘७ मा ७’ अफर

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं –आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद ७ हजार प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजना २०८० वैशाख १ देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने रहने छ ।

विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरुमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी यो योजनामा सहभागी हुन सक्नेछन् ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्