Nic Ad Nic Ad
Nic Ad Nic Ad
उपनिर्वाचन

उपनिर्वाचन : बारामा नेसपाले उपेन्द्र यादवलाई नसघाउने

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं– नेपाल समाजवादी पार्टीले १० बैशाखमा हुने उपनिर्वाचनमा तनहुँ र चितवनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

मंगलबार बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले तनहुँ र चितवनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

नेसपालाई तनहुँ र चितवनमा आफ्ना उम्मेदवारलाई सघाउन आग्रहसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाएका थिए । उक्त पत्रबारे छलफल गरेपछि नेसपाले दुई क्षेत्रमा कांग्रेसलाई सघाउने निर्णय लिएको हो । 

तर बारा–२ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नसघाउने निर्णय गरेको छ । बैठकले उपनिर्वाचनमा यादवको पक्षमा समर्थन नगर्ने औपचारिक निर्णय गरेको हो ।  

केही दिनअघि पूर्वप्रधानमन्त्री भटराईले समाजिक सञ्चालमासमेत जसपा अध्यक्ष यादवप्रति कटाक्ष गर्दै उपनिर्वाचनलाई सत्तामा जाने भर्‍याङ नबनाउन आग्रह गरेका थिए । 

१ वर्षअघि यादव नेतृत्वको जसपाबाटै छुट्टिएर भट्टराईले नेसपा बनाएका बनाएका थिए ।

यादव नेतृत्वको जसपा र भट्टराई नेतृत्वको नेसपा सत्तारुढ ९ दलीय गठबन्धनमा छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्