Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेसपाले चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ– डा बाबुरा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ । 

मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष भट्टराईले जानकारी दिए ।
 
उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ । यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन् । श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०६:०९
प्रतिक्रिया दिनुहोस्