Nic Ad Nic Ad
Nic Ad Nic Ad
च्याम्पियन्स लिग :

चेल्सीलाई सहजै हराउँदै साविक विजेता रियल सेमिफाइनलमा

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ– इंग्लिस क्लब चेल्सीलाई सहज रूपमा हराउँदै स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वार्टरफाइनलको दोस्रो लेगमा गएराति २ पटकको विजेता घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराउँदै साविक विजेता रियल समग्रमा ४–० को जितसहित अन्तिम ४ मा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमासमेत रियलले चेल्सीलाई २–० ले नै हराएको थियो ।

रियललाई जित दिलाउन रोड्रिगोले दुबै गोल गरेका हुन् । उनले खेलको ५८ औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि पुनः खेलको ८० औं मिनेटमा रोड्रिगोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले २–० को सहज जित निकाल्यो ।

सर्वाधिक १४ पटकको विजेता रियल ११ औं सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

अब सेमिफाइनलमा रियलको भेट म्यानचेस्टर सिटी र बायर्न म्युनिखको विजेतासँग हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्