Nic Ad Nic Ad
Nic Ad Nic Ad

च्याम्पियन्स लिगको इटालियन डर्बीमा मिलानले बाजी मार्‍यो, पुग्यो सेमिफाइनलमा 

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ– युरोपिययन च्याम्पिन्स लिग फुटबलको इटालियन डर्बीमा एसी मिलानले बाजी मारेको छ । 

क्वार्टरफाइनलमा नापोलीलाई हराउँदै मिलान सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ गोलको बराबरीमा रोकिए पनि मिलान समग्रमा २–१ को जितसहित अन्तिम ४ मा पुगेको हो ।  

घरेलु मैदानमा भएको पहिलो लेगमा मिलानले १–० गोलको जित निकालेको थियो ।

यी २ इटालियन क्लबबीचको खेल निकै रोमाञ्चक भएको थियो । 

खेलको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको २२ औं मिनेटमा जिरुडले पेनाल्टी गुमाएका थिए । उनको प्रहार नापोलीका गोलकिपर एलेक्स मेरेटले रोकेका थिए ।  

खेलको ८२ औं मिनेटमा नापोलीले पनि कथा होरोर्याउँदै पेनाल्टीको अवसर खेर फाल्यो । कभिचा कभाराकेस्लियाले बाहिर प्रहार गरे ।

त्यसपछि खेलको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १–१ को बराबरीमा ल्याए । तर, सेमिफाइनलमा पुग्नका लागि यो पर्याप्त भएन । 

अब ७ पटकको विजेता मिलानको भेट इटालीकै क्बब इन्टर मिलान र पोर्चुगिज क्लब बेन्फिकाको विजेतासँग हुनेछ । 

गएराति नै भएको अर्को खेलमा साविक विजेतासमेत रहेको स्पेनिस क्लब रियल म्याड्रिड सेमिफाइलमा प्रवेश गरेको छ । सर्वाधिक १४ पटकको विजेता रियलले २ पटकको विजेता इंग्लिस क्लब चेल्सीलाई हराएको हो । 


 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्