Nic Ad Nic Ad
Nic Ad Nic Ad

संवैधानिक परिषद्को बैठक जारी, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुँदै

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ- संवैधानिक परिषद्को बैठक सिंहदरबारमा अहिले जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका छन् ।

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल गरी निस्कर्षमा पुग्ने बताइएको छ ।

यसअघि प्रमुख तीन दलका नेताहरूको ओली निवास बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्