औपचारिक रूपमा पहिलोपटक ढाका टोपीमा ढल्किए प्रचण्ड
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक रूपमा पहिलोपटक ढाका टोपीमा ढल्किएका छन् ।
यसअघि भादगाउँले कालो टोपी लगाउने प्रचण्ड आज संवैधानिक परिषद्को बैठकमा भने ढाका टोपीमा ढल्किएका छन् ।
शान्ति सम्झौतापछि पूर्व क्षेत्रमान भएको एक कार्यक्रममा आयोजकले प्रचण्डलाई पहिलोपटक ढाका टोपी लगाइदिएका थिए । त्यसअघि प्रचण्डले भादगाउँले कालो टोपी पनि लगाउने गरेका थिएनन् ।
तर, २०६४ मा पहिलोपटक प्रधानमन्त्री भएपछि भने उनी कालो टोपी लगाएका थिए ।
त्यसयता भने प्रचण्ड कालो टोली लगाउँदै आएका थिए । यद्यपि, केही कार्यक्रममा कसैले उनलाई ढाका टोपी लगाइदिएका थिए । यसका बीच पनि उनको रोजाइमा ढाका टोपी पर्ने गरेको थिएन ।
सधैँ कालो टोपीमा देखिने प्रचण्ड किन आज ढाका टोपीमा देखिए ? सर्वसाधराण चासो छ । यसैको जिज्ञासा मेटाउन सिएन नेपालले
प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्मालाई सोध्यो, ‘प्रचण्ड किन आज ढाका टोपीमा देखिनुभयो ?’
उनले खासै कारण नभएको बताउँदै जवाफ दिए, ‘उहाँले टोपी लगाउनु भएको हो ।’
गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री भएयता भने प्रचण्ड दौरा सुरुवाल पनि लगाउन थालेका छन् ।