Nic Ad Nic Ad
Nic Ad Nic Ad

४० स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

बुधबार, वैशाख ६, २०८०

कैलाली –कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । 

सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन् । 

नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्, ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।’

सङ्घीय सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । 

चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए । चौधरीले, ‘स्थानीय तहले  बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।’

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । 

नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ ।

‘कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ,’ नगरप्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।’ 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार