नेभिगेशन
समाज विविध

सुनचाँदीको भाउ महँगियो

काठमाडौं –नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । छापावाल सुन प्रतितोला ३०० रुपैयाँ र तेजाबी सुन २५० रुपैयाँ बढेको हो ।

मंगलबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला छापावाल १ लाख १० हजार रुपैयाँ र तेजाबी १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा