नेभिगेशन
समाज विविध

त्रिभुवन विमानस्थल भोलि १ दिन ६ घण्टा बन्द रहने [सूचनासहित]

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार ६ घण्टा बन्द रहने भएको छ । 

विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै वैशाख ७ गते १ दिन बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फ उडान तथा अवतरण बन्द रहने जनाएको छ । 

विमानस्थलमा यात्रुहरूको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने सूचनामा जनाइएको छ ।

सो समयमा यात्रा गर्ने यात्रुहरुले सम्वन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि विमानस्थलले आग्रह गरेको छ ।

tia-notice_YMn1nqJAyz1681884795.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता