१० वटै टोलीले ५–५ खेल खेल्दा अंक तालिकामा को अगाडि ?
काठमाडौँ– भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सबै १० टोलीले ५–५ खेल खेलेका छन् ।
गएराति मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेसँगै सबै टोलीले ५–५ खेल खेलेको समीकरण पूरा भएको छ ।
५ खेलमा ४ जित र १ हार ब्यहोरेको राजस्थान रोयल्स ८ अंकका साथ पहिलो स्थानमा छ । राजस्थान १ पटकको विजेता हो ।
यस्तै, लखनाऊ सुपर जायन्ट्स, चेन्नाई सुपर किंग्स, गुजरात टाइटन्स, पञ्जाब किंग्स र मुम्बई सबैले ६ अंक जोडेका छन् । यी सबै टोलीले ५ खेल खेल्दा ३ मा जित र २ मा हार ब्यहोरेका छन् ।
तर रनरेटका आधारमा क्रमशः लखनाऊ दोस्रो, चेन्नाई तेस्रो, गुजरात चौथो, पञ्जाब पाँचौ र मुम्बई छैटौँ स्थानमा छन् ।
चेन्नाई ४ पटकको तथा गुजरात साविक विजेता हो । छैटौँ स्थानमा रहेको मुम्बई सर्वाधिक ५ पटकको विजेता हो ।
यसैगरी, कोलकाता नाइट्स राइडर, रोयल च्यालेन्जर्स बैंग्लोर र हैदराबाद सबैले ४–४ अंक जोडेका छन् । यी ३ वटै टोली ५ खेल खेल्दा २ मा जित र ३ मा हार ब्यहोरेका छन् । कोलकाता २ पटकको तथा हैदराबाद १ पटकको विजेता हो ।
यता, अंक तालिकाको पुछारमा रहेको दिल्ली क्यापिटल्स भने अझै जितविहीन छ । दिल्लीले १ अंक पनि जोड्न सकेको छैन ।
हेरौँ अंक तालिका :