Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ब्रह्माण्ड’को छायांकन सुरु

बुधबार, वैशाख ६, २०८०

काठमाडौं –कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’कोपोखरास्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन सुरु भएको छ ।

एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ । ओटी टी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै बन्न लागेको यो सिरिजमा नेपालका नाम चलेका कलाकारहरूको अभिनय रहने भएको छ ।

पोखराबाट छायांकन सुरु गरेको सिरिज ‘ब्रह्माण्ड’को फूल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिने छ । यस सिरिजलाई रियाज नाटक्कारले निर्देशन गर्दैछन् र यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन् ।

एकेडेमीले बनाउन लागेको सरिजलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले खिच्ने छन् । 

ब्रह्माण्ड सिरिजमा बलिउडको चर्चित फिल्म मेरिकोम फेम्ड सुनिल थापा, बर्फी फेम्ड भोलाराज सापकोटाले अभिनय गर्दैछन् । त्यससँगै नेपाली फिल्म र नाटकका उम्दा कलाकारहरू राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाले पनि डेब्यु गर्दै छन् ।

पछिल्लो समय नेपाली फिल्ममा चरित्र निर्माण र प्रस्तुतिका आधारले एकदमै रुचाइएका र धेरै फिल्म निर्देशकको आँखामा परिरहेका कलाकार अर्पण थापाले पनि यो सिरिजबाट ओटी टी डेब्यु गर्न लागेको एकेडेमी सिईओ र सिरिजका क्रिएटिव प्रोड्यूसर प्रकाश पुरीले जानकारी गराए ।

यी सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्म सङै इन्डियाको एउटा ठूलो ओटी टी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको प्रोडक्सन टिमले जानकारी दिएको छ ।

यस्तै, केही समय अघि एकेडेमीले वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्